बैतडीमा डोजर आतङ्कले पानिका मुहान बिलाए, गाँउ नै बिस्तापित हुने खतरा

Posted on: 21 Aug, 2019

कृष्ण बिष्ट | भाद्र ४, बैतडी | बैतडीको सुर्नया गाउपालिकाको वडा नं ४ को फाटिगाडा टोलका ३० परिवारले पिउदै आएको खानेपानिको मुहान पुरियो । माथिबाट सडक खनिएपछि पहिरो गयो र मुहान पुरियो । अहिले गाउँमा खानेपानिको चरम समस्या छ । “सडकले खनेको माटो सँगैको पहिरोले पानिको मुहान पुरियो, अहिले गाँउमा पानि  हाहाकार छ” स्थानिय प्रकाश भाटले भने “बिकास को सट्ठा बिनास भयो” । यहाँका नागरिकहरुले अहिले १ घण्टा हिडेर खोलाबाट पानीको जोहो गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।


पाँच वर्ष अघि निर्माण भएको खानेपानी आयोजनाको मुहान माथिबाट सडक खन्दा खानेपानी आपूर्ति बन्द भएपछि त्यहाका नागरिकहरु समस्यामा परेका हुन् । पानी आउन बन्द भएपछि राष्ट्रिय मा .वि, फाटीगडा, भौनेली स्वास्थ्यचौकी र ३० परिवारहरु खोलाको धमिलो पानी पिउन बाध्य छन् । 

सुर्नयाको धर्मघर, खल्लेक–सन्सेरमाण्डौ सडकले मुहान पुरेपछि खोपानीको समस्या उत्पन्न भएको स्थानीय जयबहादुर महराले बताए । उनले भने “सडकले खानेपानिका योजनामा तहस नहस बनाए” पानीको मुहान परिए, पाइपहरु बगाए, मुहान संरक्षणको तारजाली पनि बगायो, सडक खन्ने क्रममा पूर्णरूपमा खानेपानि योजना क्षतिग्रस्त भएको छ” । 

सडक खन्ने क्रममा पूर्णरूपमा क्षतिग्रस्त भएको खानेपानी मुहान र मेन–लाइन अहिलेसम्म बनाइएको छैन । बिद्यालय, स्वास्थ्य चौकी र स्थानीयहरु खोलाको धमिलो पानि पिउन प्रयोग गर्दै आएका छन । गत साउन १८ गते सोहि सडक खण्डबाट सुर्नया ८ को ढोल्या पहिरो जादा ५ परिवार बिस्तापित भए । वडा नं ८ कै अम्मरसिंह बोहरा, लालबहादुर बोहरा, डम्मर बोहरा, रामसिंह बोहरा र धौलसिंह बोहराको परिवार आफन्तको घरमा बस्न बाध्य छन । स्थानिय लाल बहादुर बोहरा भन्छन, “सडकबाट खसेको पहिरोले घर खेत पुरिए, गाँउ भरि पहिरोको जोखिम छ । डरैडरको त्रासमा रात बिताउन बाध्य छौ ।” 


डोजरले बाटो खनेपछि पहिरो गएसँगै पानिको मुहान पुरिएपछि पाटन नगरपालिका ८ रुइसानिका नागरिकहरुले पनि खानेपानिको अभाव खेपिरहका छन । आफ्नो गाउमा खानेपानिका मुहानहरु सुकेपछि अर्को गाउँबाट खानेपानिको जोहो गर्नुपर्ने बाध्याता रहेको स्थानियले बताएका छन । लगातारको वर्षाका कारण डोजरले खनेको माटो बगाएर पानिको मुहान पुरीएपछि पानिको हाहाकार भएको स्थानिय अम्मर महराले बताए । उनले भने, “सडक किनारबाट भासिएर आएको पानिको मुहान नै पुरिएको छ, न पाइपहरु लुछिएका छन, पानिको मुहानको अत्तो पत्तो छैन” । “गाँउमा यस बर्खाको समयमा पनि पानिको हाहाकार छ,सडक आए गाँउ काकाकुल छ” ।

चर्पी प्रयोग गर्न र गाइबस्तु खुवानको लागि आकासको पानि जम्मा गर्नु पर्ने बाध्यता रहेको अर्की सथानिय राधिका महराले बताइन । उनले भनिन, “खानका लागि टाढाबाट पानि ल्याउनु पर्छ, के गाइभैसिलाई दिने ? के चर्पी मा प्रयोग गर्ने ? के सरसफाइमा प्रयोग गर्ने ?” उनले भनिन । 

डोजरकै कारणले दशरथ नगरपालिका वडा नं २ देहिमाण्डौमा पनि पानिका मुहानहरु सुकेका छन । पर्याप्त खानेपानि पुग्ने गरी फुटेका पानिका मुहानहरु सडक निर्माण गर्दा खनिएको माटोले मुहानहरु सुकेको स्थानिय मोहन बोहराले बताए । 

पाटन पञ्चेश्वर सडक स्तरोन्नतिको काम हुदा पनि खेतका लागि सडकमुनिबाट लगिएको सिचाइको कुलो बन्द हुदा मेलौली २ सलेनाका खेत सुक्न थालेका छन । सडक खन्दा प्रारम्भीक बातावरणीय परिक्षण र बातावरणीय प्रभाव मुल्याङकन नै हुदैन ।

बातावरण संरक्षण एन २०५३ अनुसार प्रत्येक सडक तथा अन्य पुर्वाधारहरु निर्माण गर्दा प्रारम्बीक बातावरणीय परिक्षण र बातावरणीय प्रभाव मुल्याङकन गर्नुपर्ने भए पनि बैतडीमा त्यसको कार्यान्वयन भएको पाइएको छैन । बैतडीका स्थानिय तहहरुले सडक बिस्तारलाई नै प्राथमिकतामा राखिरहदा स्थानियतहद्धारा निर्माण हुदै गरेको कुनै पनि सडकको डिपिआर बातावरणीय प्ररिक्षण तथा मुलयङ्कन नगरिने गरेको स्थानिय तहहरुले जनाएका छन । सुर्नया गाउपालिकामा कुनै पनि सडकको बातावरणीय परिक्षण र बातावरणीय प्रभावमुल्याङ्कन नगरिएको गाउपालिकाका उपाध्यक्ष लिला बिष्टले बताइन । 

“दर्जन भन्दा बढि सडक नगरपालिकाबाट काटिए न डिपिआर तयार पारेर काटियो न बतावरणीय मुलयङ्कन गरिएको छ” दशरथचन्द नगरपालिकाका सुचना अधिकारी बिनोद बहादुर चन्दले भने, “बिगतका वर्षहरुमा डोजर चालक नै प्राबिधिक भएर सडक काट्ने चलन दशरथचन्द नगरपालिकाले बन्द गरेको छ, अब निर्माण हुने सडकहरुमा प्राबिधिकको सल्लाह बमोजिम नै काटिनु पर्ने निर्णय कार्यपालिकाको बैठकले गरेको छ ।” उनले भने  । बातावरणीय मुलयङ्न चालु आर्थीक  वर्षमा पनि बातावरणीय मुल्याङ्कन गर्ने योजना नबनाएको उनले बताए । 

प्रदेस सरकार मातहतको भौतिक पुर्वाधार कार्यालयद्धारा निर्माण हुदै गरेका सडकहरुमा पनि बातावरणीय मुलयङ्कन नहुने गरेको  पाइएको छ । पुर्वाधार कार्यालय बैतडीले हाल सम्म ६ वडा सडकको मात्रै बातावारणीय मुल्याङ्कन गर्ने तयारी थालेको जनाएको छ । 


बातावरणिय प्रभाव मुल्याङकन बिना नै सडक खन्दा पहिरो तथा भु–क्षयको उच्च जोखिम रहेको डिभिजन बन अधिकृत केसव पराजुलीले बताए । स्थानिय तहहरु मार्फत निर्माण हुदै गरेका ग्रामिण सडकहरुको बातावरणीय प्रभाव मुल्याङ्न भएको छैन, उनले भने  ।  

जलवायु परीवर्तन र डोजर आतङ्कले गर्दा  ग्रामिण भेगका खानेपानिका मुहानहरु सुक्दै जान थालेको डिभिजन खानेपानिका कार्यालय बैतडीका इन्जीनियर प्रकाश रावलले बताए । सडक निर्माण गर्दा बातावरणिय मुल्याङ्कन नगरी जथाभावी रुपमा सडक निर्माण गर्दा  खानेपानिका मुहानहरु सुक्दै जान थालेका छन भने बस्ती माथिबाट सडक काटिदा गाउ बस्ती समेत जोखिममा परेको इन्जीनियर रावलले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!