बैतडीका कर्मचारीः न नियमित हाजिरी न निजामती पोसाक

Posted on: 24 Aug, 2019

कृष्ण बिष्ट | भदौ ७, बैतडी | जिल्ला प्रसासन कार्यालय बैतडीले बुधबार गरेको सरकारी कार्यालयहरुको छड्के अनुगमनका क्रममा कर्मचारीहरुले सरकारी नियाम मिच्ने गरेको पाइएको छ । बुधबार खानेपानिको कार्यालय तथा कृषी ज्ञान केन्द्रको कार्यालयमा गरेको अनुगमनमा सरकारले ब्यावस्था गरेको निजामती कर्मचारीले लगाउने पोसका र नियिमित हाजीरी नलगाउने गरेको पाइएको हो । 

“धेरै जसो कर्मचारीहरुले पोसाक नलगाएको पाइयो, प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले भन्नुभयो, नियामित हाजीरी नलगाउने गरेको पनि पाइएको छ । तथ्याङ्क सहितको प्रतिबेदन आउन बाकि छ ।”

कर्मचारीहरुले नियामित हाजीरी नलगाउने गरेको पनि पाइएको छ । कार्यालय समयमा उपस्थित हुने तर हाजिरी नलगाउने गरेको र पछि (३–४ दिनको) एकै पटक हाजरी गर्ने गरेको  पाइएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । सबै सजो कर्मचारीहरुले निजामती पोसाक नलगाउने र हाजीरी नियमित नलगाउने गरेको पाइएको उहाको भनाइ छ । 

अनुगमनका क्रममा भेटिएका कमजोरी तथा गल्तीहरुलाई हरुलाई सच्याउन पनि निर्देसन दिएको उहाको भनाइ छ । 

नियमित हाजरी लगाउन, कार्यालयमा निजामती पोसाक अनिवार्य लगाउन, बिदाको समयमा काज स्किृत गर्न र बिदाको दिन सरकारी सवारी चलाउदा सवारी पास अनिवार्य लैजान पनि निर्देसन दिइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!