बैतडीमा सुत्केरीको मृत्यु

Posted on: 16 Sep, 2019

भदौ ३०, बैतडी | बैतडीको दुर्गम शिवनाथ गाउँपालिकामा आइतबार राति सुत्केरीको मृत्यु भएको छ | शिवनाथ गाउँपालिका वडा नम्बर १ गाउँसल्लाका दानसिंह चाँडकी २१ बर्षीया श्रीमती गौमतीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ |

स्थानीय सामुदायिक स्वास्थ्य इकाई तेर्छामा शिशु जन्माए पछि गौमतीको मृत्यु भएको हो। शनिबार देखि सुत्केरी व्यथा लागेकी गौमतीले इकाइमा आइतबार दिउँसो शिशु जन्माएकि थिइन्। शिशु जन्मेपछि सुतकेरीकोे मृत्यु भएको प्रहरीले जनाएको छ । जन्मिएको शिशुको अवस्था भने सामान्य छ |

मृतक महिलाका श्रीमान रोजगारीको लागि भारतमा रहेका शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साँउदले जानकारी दिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!