बैतडीमा बोक्सीको आरोपमा एक महिला कुटीइन्

Posted on: 01 Dec, 2019

मंसिर १५, बैतडी | बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट भएको छ | पुर्चौंडी नगरपालिका वडा नम्बर ९ तल्लादेही नाइनीकी ४० वर्षीया उत्तरा ढुंगालमाथि कुटपिट भएको हो | शनिबार बिहान १० बजेतिर उत्तरामाथि उनकै देवर डम्मर ढुंगाल र देवरानी पवित्रा ढुंगालले कुटपिट गरेको उत्तराका भाइ शेरबहादुर महराले बताए |

उनलाई शनिबार राति जिल्ला अस्पताल बैतडी र्पुयाइएको हो | उत्तरामाथि कुटपिट भएको पुर्चौंडी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रम्बा बोहराले बताए | उनका अनुसार कुटपिट बारे खोजि भइरहेको छ |

 कुटपिट गर्नेमाथि कानुनअनुसार कारवाही गरीने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!