बैतडीमा ट्रक दुर्घटनापछि अवरुद्ध दशरथचन्द राजमार्ग खुल्यो

Posted on: 05 Jan, 2020

पुस २०, बैतडी | बैतडीमा ट्रक दुर्घटना हुँदा अवरुद्ध भएको दशरथचन्द राजमार्ग पुनः सुचारु भएको छ |  शनिबार राति दशरथचन्द राजमार्गको अनारखोली खण्डमा ट्रक दुर्घटनापछि अवरुद्ध सडक आज दिउँसो बाट संचालनमा आएको हो | 

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार शनिबार राती ८ बजेतीर अनारखोलीमा ट्रक दुर्घटना भई नालीमा खसेपछि सडक अवरुद्ध भएको हो | तर जेसीबीको सहयोगमा दुर्घटना ग्रस्त ट्रक सडकबाट हटाईएपछि राजमार्ग खुलेको छ | 

राजमार्ग सञ्चालन भएसँगै शनिबार रातिदेखि अलपत्र परेका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!