बैतडीको सरकारी एम्बुलेन्समा बन्यजन्तु मारेर ओसारपसार

Posted on: 09 Feb, 2020

माघ २६, बैतडी | बैतडीको डिलाशैनी गाउँपालिकाको एम्बुलेन्समा वन्यजन्तु ओसारपसार गर्ने गरेको पाइएको छ | आइतबार कञ्चनपुरबाट फर्केर डिलाशैनी गाउँपालिकातर्फ जाँदै गरेको सु. प. प्र. ०१ ००१ झ ३४६ नम्बरको एम्बुलेन्समा चित्तल मारेर ल्याएको फेला परेको हो | 


सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय तहहरुमा एम्बुलेन्स बाँडेको थियो | प्रदेशको सामाजिक विकास मन्त्रालयले बैतडीको डिलाशैनी गाउँपालिकालाई दिएको उक्त सरकारी एम्बुलेन्समा चित्तल मारेर ओसारपसार गर्ने गरेको पाइएको छ |आइतबार दिउँसो १ बजे इलाका प्रहरी कार्यालय दार्चुलाले चेकजाँच गर्दा एम्बुलेन्समा चित्तल भेट्टिएको प्रहरीले जनाएको छ |  कञ्चनपुरबाट फर्किदा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चित्तल मारेर ल्याएको  एम्बुलेन्स चालक महेश बोहराले प्रहरीसमक्ष बयान दिएका छन् | 


प्रहरीका अनुसार एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिइएको छ भने चित्तल वन कार्यालयलाई बुझाइने छ | घटनाबारे थप अनुसंधान भइरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!