बैतडीमा बिरामी ओसारिने एम्बुलेन्समा चित्तल फेला

Posted on: 10 Feb, 2020

माघ २७, बैतडी । सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको एम्बुलेन्समा वन्यजन्तु ओसारपसार भएको पाइएको छ । सामाजिक विकास मन्त्रालयले  डिलासैनी गाउँपालिकालाई हस्तान्तरण गरी सञ्चालनमा ल्याइएको एम्बुलेन्समा वन्यजन्तु ओसारपसार  भएको छ । आइतबार कञ्चनपुरबाट डिलासैनी गाउँपालिकातर्फ जाँदै गरेको सु प प्र ०१ ००१ झ ३४६ नंको एम्बुलेन्समा मरेको चित्तल फेला परेको प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिनुभयो । 

उहाँले इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जाँच गर्दा एम्बुलेन्समा चित्तल फेला परेको बताउनुभयो ।   चित्तल कहाँबाट ल्याइएको भन्ने खुल्न सकेको छैन ।  एम्बुलेन्स चालक महेश बोहरा र एम्बुलेन्स  प्रहरी नियन्त्रणमा  छन् । 

उक्त चित्तल वन कार्यालयलाई बुझाइएको र चालकलाई कानूनअनुसार कार्वाही गरिने प्रहरीले जनाएको छ ।    सुदूरपश्चिम प्रदेश सरकारले गत कात्तिकमा डिलासैनीसहित १६ स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!