बैतडीमा जिप दुर्घटना : मृतकको परिचय खुल्यो (नामावली सहित)

Posted on: 24 Nov, 2020

मंसिर ९, बैतडी | मंगलबार दिउँसो बैतडीको दशरथ चन्द नगरपालिका १० बुट्टामा भएको जिप दुर्घटनामा परि मृत्यु हुने पाँचै जनाको सनाखत भएको छ |

दुर्घटनामापरि ज्यान गुमाउनेमा जिल्लाको दशरथचन्द नगरपालिका-५ बस्कोटकी पार्वती चन्द,सोहि नगरपालिका २ देहिमाडौंका कृष्ण लावड,सुनर्या गाउँपालिका-४ की कलावती चन्द,पाटन नगरपालिका-५ की पार्वतीदेवी चन्द  र सोहि नगरपालिका ५का भगिरथ पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ | 

मंगलबार दिउँसो भारतको झुलाघाटबाट गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको जीप दुर्घटना भएको हो | दुर्घटनामा घाइते अन्य ६ जनालाइ उपचारकालागी जिल्ला अस्पताल लागिएको छ |

जिप सडकबाट करिब एक सय मिटर तल खसेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!