बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

Posted on: 04 Jan, 2021

पुस २०, बैतडी | बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ | सोमबार राति धनगढीबाट  बझाङतर्फ जाँदै गरेको अनटेस्ट ट्याक्टर जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सिगास गाउपलिका ९ बाँजपानीमा दुर्घटना भएको हो |

दुर्घटनामा परी बझाङको बित्थडचीर गाउँपालिका–४ का ४० वर्षीय जितबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् | ट्याक्टर चालक बझाङको बित्थडचीर गाउँपालिका–५ का ३२ वर्षीय नरेन्द्र महरा र ट्याक्टरमा सवार बित्थडचीर गाउँपालिका–४ कै २० वर्षीय कृष्ण बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालयका बैतडीले जनाएको छ |

घाइते दुवैजनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!