बैतडीमा बुबाको कुटपिटबाट तिन बर्षिय छोराको मृत्यु

Posted on: 02 Mar, 2021

फागुन १८, बैतडी । बैतडीमा बुबाले आफ्नै तिन महिने छोराको हत्या गरेका छन् । मंगलबार प्रहरीले पञ्चेश्वर गाउँपालिका-५ खनाडी बस्ने ४० वर्षीय राज बहादुर चन्दलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनले घरमा छोरा लक्ष्मणलाई लछार पछार गरेर कुटपिट गरेका थिए । 

कुटपछि बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । उनका बुबा ७० वर्षीय मन्धिर चन्दलाई समेत कुटपिट गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बैतडी र प्रहरी चौकी बलाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

कुटपिटबाट घाइते भएका मन्धिर चन्दको स्थानीय मेडिकलमा उपचार भईरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!