बैतडीमा हतौडा प्रहारबाट बालकको हत्या, एकजना पक्राउ

Posted on: 17 Apr, 2021

वैशाख ४, बैतडी (रासस) । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपािलका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या भएको हो । 

महेशको दोगडाकेदार गाउँपालिका–३ सिल्लेगडाका मामा नाता पर्ने १८ वर्षीय नारायण भुलले हत्या गरेका  खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले जानकारी दिनुभयो ।

मामाघर दोगडाकेदार आएका महेशमाथि नारायणले आज बिहान साढे ११ बजेतिर घरमै  हतौडा  प्रहार गरेका हुन् । हतौडा प्रहार भएलगत्तै महेशको घटनास्थलमै मत्यु भएको हो । 

के कति कारणले महेशको हत्या भयो भन्नेबारे खुल्न नसकेको खोचलेक प्रहरी चौकीले जनाएको छ । महेश आफ्नी आमासँगै मामाघर आएको बताइएको छ ।  सो चौकीका प्रहरी टोली अहिले घटनास्थलमा पुगेको छ ।

  घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । नारायणलाई प्रहरीले नियन्त्रणमा लिएको  छ ।  घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनको टोली पनि घटनास्थल जाने तयारीमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!