७ दिनदेखि हराइरहेका व्यक्तिको शव फेला

Posted on: 21 Oct, 2021

कात्तिक ४, बैतडी | बैतडीमा एक व्यक्तिको शव फेला परेको छ । जिल्लाको सुर्नया ५ कक्स्यालिमा ७ दिनदेखि हराइरहेका ध्वजबहादुर विष्टको शव फेला परेको हो । घोडधौनीस्थित आफ्ना दाजुको घरबाट आफ्नो घर जान्छु भन्दै हिँडेका ४७ वर्षीय बिष्ट ७ दिनदेखि सम्पर्कविहीन भएका थिए । 

खोजी गर्ने क्रममा आज शव सडेको अवस्थामा कक्स्यालिकै भिरमा फेला परेको रोलेश्वर प्रहरी चौकीका इन्चार्ज भुवन चन्दले बताए । मृतक विष्टका दुई श्रीमती र तीनवटा छोरा छन् । 

घटना के कारणले भएको भन्ने एकीन भएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको र शव पोष्टमार्टमका लागि डडेल्धुरा पठाएको प्रहरी सहायक निरीक्षक चन्दले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!