विपत व्यवस्थापन समितिलाई स्वास्थ्य सामग्री हस्तान्तरण

Posted on: 29 Apr, 2020

सम्राट सिंह | वैशाख १७, बझाङ | बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र व्यवस्थापनका लागि विपत व्यवस्थापन समितिलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।  जिल्लामा प्रगतीशिल युवा समाजको सहकार्यमा संञ्चालित वल्र्ड भिजनको आर्थिक सहयोगमा सोमबार स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।  

कोरोना भाइरस को संक्रमण रोकथाम गर्ने उदेश्यले समितिलाई त्रिपाल एक सय ८० थान, पीपी फर्म ९ रोल, ब्ल्याङकेट ९० थान, डोरी ९० रोल, झुल ९० थान, थर्मल गन ४ सेट,बाटा ४० सेट र पीपीई ४५ सेट हस्तान्तरण गरेको प्रगतिशिल समाजका अध्यक्ष रमेस केसीले बताए । उनले भने जिल्लामा कोरोना जोखिम न्युनिकरण गर्ने उदेश्यले समितिलाई स्वास्थ्य सामग्री हस्तानतरण गरेको हो ।


सुदुरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला बझाङमा रोजगारीका लागि भारत गएका अधिकांश मानिसहरु हाल भन्सार नजिकै सिमाको क्वारेन्टाइनका बसिरहेका छन । 

बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण जिल्लामा फैलिने सम्भावना रहेकाले संस्थाले एकदमै अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हुँदा स्वास्थ्य परिषण लगायत क्वारेन्टाइन संञ्चालन गर्न सहज हुने  बैदेशिक रोजगारीका लागि भारत बाट घर फर्केका सबैको स्वास्थ्य परिक्षण गर्न सहज हुने प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए । हस्तान्तरण गरेका स्वास्थ्य सामग्रीहरु स्थानीय तहसँग समन्वय गरी आवश्यकता अनुसार पठाउने उनको भनाइ छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!