बझाङ्गमा विजयी भएपछी पनि नेताहरु घरदैलो अभियानमा

Posted on: 15 Dec, 2017

मङ्सिर २९, बझाङ | प्रतिनिधी सभा र प्रदेश सभामा  विजयी भएपछी बझाङका नेताहरुले यतीखेर घरदैलो अभियान सुरु गरेका हुन् ।

प्रतिनिधिसभा सदस्य पदमा वाम गठबन्धनका तर्फबाट बझाङबाट विजयी भएका नेकपा एमालेका उम्मेदवार भैरव बहादुर सिह र प्रदेशसभामा विजयी भएका माओवादी केन्दकी नेतृ देवकी मल्ल थापा र बाम गठबध्नका नेता अर्जुन बहादुर थापा मतदातालाई भेट्न घरदैलो अभियान गरेको बाम गठवन्धनले बताएको छ ।


 मतदाताहरुले आफुलाई जिताएकोमा  धन्यवाद दिन घरदैलो अभियानमा जुटेको प्रदेस सभा सदस्य तथा बाम गठवन्धनकी नेता देवकी मल्लले बताउनु भयो ।

 घरदैलो अभियान अन्तरगत बझाङको दुर्गाथली, थलारा, बुगल,छवीस पाथीभेर, खप्तड छान्ना गाँउपालीकामा गएको बाम गठबन्धन प्रचार प्रसार समितीले बताएको छ ।

गाँउ गाँउमा गएर मतदाताले उठाएका सबै माग सम्बोधन गरेर अगाडि बढ्ने प्रतिनिधिसभामा विजयी उम्मेदवार भैरव बहादुर सिहको भनाई रहेको छ । - टेकेन्द्र बोहराको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!