बझाङका जनप्रतिनिधिलाई राजीनामा दिन विप्लवले दियो चेतावनी

Posted on: 24 Apr, 2018

टेकेन्द बोहरा/वैशाख ११ बझाङ | नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) समूहले  बझाङका दुई नगरपालीका र १० स्थानीय तहका जनप्रतिनिधिलाई राजीनामा दिन चेतावनी दिँदै पत्र पठाएको छ ।


विप्लव समूहले गठन गरेको जनपरिषद्ले पत्र पठाउँदै जिल्लाका १२ वटै स्थानीय तहका जनप्रतिनिधिलाई राजिनामा दिन चेतावनी दिएको हो ।

 सेती महाकाली स्वयत्त प्रदेश अन्तर्गत जिल्ला जनपरिषद् बझाङका प्रमुख तेज बहादुर खडका (सग्राम) भनिने नाममा हस्ताक्षरीत पत्रमा जनप्रतिनिधिहरु नागरिकको सेवामा भन्दा भ्रष्टाचारमा बढी लिप्त भएको भन्दै राजीनामा दिन माग गरिएको उल्लेख गरेको छ ।  

परिषद् बझाङ प्रमुख तेज बहादुर खडकाले बझाङका १२ वटै स्थानीय तहका जनप्रतिनिधिहरुको राजीनामा माग गर्दै आफूहरुले पत्र पठाएको स्वीकार गरेका छन।

उनले थपे ‘जनप्रतिनिधिहरुले नागरिकको सेवामा काम गर्नु भन्दा बढी भ्रष्टाचार गरेको प्रमाणका आधारमा हामीले पत्र पठाएका हौँ, यदी राजीनामा नदिए  हामी उनका बिरुद कडा संघर्षमा जाने बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!