बझाङमा विप्लव नेतृत्वको नेकपा कार्यकर्ताहरुको प्रदर्शन

Posted on: 20 Nov, 2018

टेकेन्द्र बोहरा | मङ्सिर ४, बझाङ | नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटिका कार्यकर्ताहरुले सोमबार बझाङ जिल्लामा प्रदर्शन गरेका छन् । 

नेकपाका झण्डै ३०० भन्दा बढी कार्यकर्ताहरुले सदरमुकाम चैनपुरमा सरकारविरुद्ध नाराबाजी गदै बजार परिक्रमा गरेका हुन् ।


विप्लव नेतृत्वको नेकपा समर्थक उच्च तहका नेता, जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुले आफूहरु भूमिगत नभएको भन्दै प्रदर्शन गरेका हुन् । 

खुल्ला मञ्चबाट सुरु गरिएको जनप्रदर्शन बजार परिक्रममा गरेर कोण सभामा परिणत भएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!