बिद्यालयमा पढाई बन्द गरेर नेताको स्वागत

Posted on: 12 Jun, 2019

जेठ २९, बझाङ | सोमबार बझाङको केदार मावि बित्थडमा विद्यालय परिवारले विद्यालयमै नेतालाई स्वागत गरेको छन् । विद्यालयमा नेता उपस्थित हुने थाहा पाएका शिक्षक र विद्यालय परिवारले पढाइनै बन्द गरेर विद्यार्थीलाई नेताको स्वागतमा सहभागी गराएका हुन् । 

नेकपाको शपथ ग्रहणमा सहभागी हुन आएका नेताहरुलाई विद्यालयमा स्वागत गरिएको हो । विद्यालयमा संविधानसभा सदस्य अफिलाल ओखेडा, अनेरास्ववियु संयोजक ऐन महरलगायतका नेता उपस्थित थिए । 

नेताको स्वागतका लागि विद्यालयको गेटदेखि नै सयौंको संख्यामा विद्यार्थीलाई लामबद्ध राखिएको थियो । शिक्षकले नेताको नाम लिँदै स्वागत गर्दा विद्यार्थीले साउन्ड बक्स बोकेका थिए । 

विद्यालयमा नेताको स्वागतका लागि करिब दुई घण्टा कार्यक्रम भएको थियो । विद्यालयका शिक्षक विष्णु सिंह बोहराले सामान्य ढंगले कार्यक्रम गरेको बताए । सामाजिक सञ्जालमा भइरहेको टिप्पणीबारे आफू जानकार रहेको बताउँदै उनले गलत व्याख्या भइरहेको आरोप लगाए ।

- आजको अन्नपुर्ण पोस्टमा खबर छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!