नेकपा जिल्ला कमिटी बझाङको सफत ग्रहण कार्यक्रम सम्पन्न

Posted on: 12 Jun, 2019

सम्राट सिंह | जेठ २९, बझाङ | नेपाल कम्न्यूष्ट पार्टी जिल्ला कमिटी बझाङको सफत ग्रहण कार्यक्रम सम्पन्न भएको छ । दुई ठूला पार्टी एकता भएको लामो समय पछि आज बझाङ जिल्ला कमिटीको सफत ग्रहण लिएको हो ।

नेकपाको अध्यक्षमा मिन बहादुर कुँबर एवं सचिवमा दमन भण्डारी गरी १ सय ३५ सदस्य ले सफत लिएका छन । 

सफत ग्रहण कार्यक्रममा बोल्दै नेकपा का स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री लेखराज भट्टले कम्न्यूष्ट पार्टीका सम्पूर्ण सदस्यहरुले एक अर्काको सम्मान गरी बिधि पद्घति अनुसार अघि बढेर सङगठन मजबुत बनाउन आग्रह गरे ।

बझाङमा तत्कालिन माओवादी केन्दबाट ५५ र तत्कालिन एमालेबाट ८० जिल्ला कमिटीमा परेका छन । सफत ग्रहण कार्यक्रममा जिल्ला कमिटीमा परेका अधिकांश नेताहरुको मुहार हँसिलो थियो । 


कार्यक्रममा नेकपाका सुदूरपश्चिम प्रदेशका इन्चार्ज तथा पूर्व मन्त्री भिम रावलले पनि हरेक कम्न्यूष्ट पार्टीका सदस्यहरुले जनताको सेवा गरी संगठन बिस्तार गर्न लाग्नुपर्ने बताए । पार्टीका सबै सदस्यहरुले पार्टीको विधि र पद्घति अनुसार अघि बढ्नुपर्ने उनको भनाइ छ । 

पार्टी एकता भएको १ बर्ष पछि सफत ग्रहण गरेको जिल्ला कमिटीले आजै जिल्ला कमिटी बैठक राखी पार्टीका विविध बिषयमा छलफल भएको छ ।

सफत ग्रहण कार्यक्रममा नेकपाका सुदूरपश्चिम प्रदेशका इन्चार्ज तथा पूर्व रक्षा मन्त्री भिम रावल,स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री लेखराज भट्ट, सह इन्चार्ज लक्ष्मण दत्त जोशी, अध्यक्ष कर्ण बहादुर थापा र सचिव नेप बहादुर चौधरी र अनेरास्वियू केन्द्रिय अध्यक्ष ऐन महर लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!