बझाङमा छाउपडी प्रथा हट्न अझै सकेन

Posted on: 18 May, 2018

टेकेन्द्र बोहरा/जेठ ४ बझाङ | छाउपडी कुप्रथा बझाङका अधिकांस ग्रामीण भेगमा अहिले पनि यथावत अवस्थामा छ ।

केही ग्रामीण बस्तिहरुमा छाउपडी प्रथा क्रमिक रुपमा कम हुँदै गएको भए पनि बझाङकै  जयपृथ्वी नगरपालीका वडा नँ ११ मा रहेको धामीलेख,पिठालेखमा भने यो प्रथाले जडो गाडेकै अवस्थामा छ ।

छाउपडी प्रथा  विरुद्ध बझाङमा रहेका विभिन्न सरकारी तथा गैर सरकारी कार्यलयहरुले अभियान संचालन गरेको भए अभियान सफल हुन नसकेको सरोकार वालाहरु बताउछन ।

लगभग  ९५ परिवार बसोबास गर्ने यस वडामा छाँउ गोठहरु २० भन्दाबढी रहेको स्थानीय वासि शिद्धराज जोशीले बताएका छन् ।

अहिलेसम्म पनि यस गाउँका सबै स्थानीय महिलाहरु छाउ (रजस्वला) भएका बेलामा र सुत्केरी भएका बेलामा छाउ गोठमा नै बस्ने गरेको स्थानीय निर्मला जोशिले बताइन् । 

आफूले छाउगोठ भत्तकाउन र छाउगोठमा बस्न नहुने भने गाँउका धेरै जस्तो सर्व साधारणहरुलाई बझाए पनि यो प्रथा अन्त्य गर्न तत्काल सम्भव नभएको त्याहाँका स्थानिय वासि नरेन्द्र खड्काले वताए 

यस गाँउका सबै स्थानीयहरुले सुर्मा देविको पुजाआराधाना गर्ने भएका कारणले यस प्रथाको अन्त्य गर्न निकै चुनौति रहेको  स्थानिय बासिहरुको भनाइ रहेको छ । 

यस गाँउका महिलाहरु शिक्षित नभएका कारणले यस्तो भएको समेत उनको बुझाइ छ । 

आफ्नो परिवार महिनावारी भएका बेलामा घरमै राख्ने गरेको भए पनि समाजले नानाथरी कुरा काट्ने गरेको उनले स्विकार्दै राजनैतिक क्षेत्रबाट यो पहल सम्भव नभएको र सामाजिक क्षेत्रबाट काम अघि सारी व्यवस्थित छाउगोठ गर्दै अघि सरे सम्भव हुने समेत उनले बताएका छन् ।

महिनावारी भएको ७ दिनसम्म यहाँका महिलाहरुर्ले, पानी खाने धारामा छुँन, नमिल्ने अरुले दिएको खाना खानु पर्ने, पानी तिर्खा लागे अरुलाई गुहार्नु पर्ने कोही मान्छे फेला नपरे पानी खान नै नपाई बस्नु पर्ने अवस्था यस गाँउको रहेको स्थानीय सत्य देवि जोशीले बताइन् ।

घरभित्र बस्ने रहर भए पनि आफूहरुले समाज र बुढा पाकाको डरले छाउ गोठमा नै बस्नु पर्ने बाध्यता रहेको यहाँका महिलाहरुको गुनासो रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!