कालंगा हाइड्रोपावरले निर्माण गरेको सडकले गर्दा ५ हजार जैतुनका बोट नष्ट

Posted on: 22 May, 2018

सम्राट सिंह/जेठ ७ बझाङ | कालंगा हाइड्रो पावरले निर्माण गरेको सडकले गर्दा झण्डै ५ हजार जैतुनका बोट नष्ट भएका छन ।

हाइड्रोले जैतुनका बोट भएको सामुदायिक वनतर्फ सडक निर्माण गर्दा बुंगल नगरपालिका ४ मा ठूलो परिमाणमा जैतुनका बोट नष्ट भएका हुन । 

हाइड्रोले सधैँ हरियालीयुक्त हुने जैतुनको लोप हँुदै गइरहेको बेला यसको संरक्षण र प्रवद्र्धन गर्नुको साँटो जैतुनका बोट भएको स्थानमा सडक निर्माण गर्दा ठूलो परिमाणमा जैतुनका बोट नष्ट भएको स्थानिय खडक कुँबरले बताए । हाइड्रो पावरले सडक निर्माण गर्दा क्षती भएको जैतुनका बोटको सट्टा बृक्षारोपण गर्ने सहमती भएको भएपनि हालसम्म पनि कुनै चाँसो नदेखाएको र हाइड्रो बन्न थालेपछि बुंगलको विकास सँगै विनास पनि उतिकै भएको छ उनको भनाइ छ । 

विकास गर्न थालेपछि सँगै विनास पनि हुने भन्दै हाइड्रोका कर्मचारी प्रकाश शर्माले हामीले सडक निर्माण गर्दा नष्ट भएका जैतुनका बोटहरु ठाउँमा केहि महिनामै बृक्षारोपण गर्ने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!