जिप दुर्घटनामा चालक र पति पत्नी सहित ३ को मृत्यु, ५ जना गम्भीर

Posted on: 07 Jun, 2018

जेठ २४, बझाङ | जिल्लाको छविस पाथिभेरा गाउँपालिकामा जिप दुर्घटना हुँदा चालक र पति पत्नी सहित ३ जनाको मृत्यु भएको छ । 

बुधबार भाँडेबगर बाट ब्यासीतर्फ जाँदै गरेको से १ ज ८३७ नम्बरको  जिप छविसपाथिभेरा गाउँपालिका वडा नम्बर ४ को नेटाखान भन्ने ठाउँमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जीप चालक लाल बहादुर भण्डारी, यात्रु ४५ वर्षीया वीरेन्द्रबहादुर सिहं र उनकी ३८ वर्षीया पत्नी जलादेवी सिहं रहेका छन् । 

जीपमा जम्मा ८ यात्रु सवार रहेको जनाएको छ । दुर्घटनामा छविसपाथीभेरा गाउँपालिकाका अन्य ५ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

फाइल तश्विर 

यस बिषयमा तपाइको प्रतिक्रिया...!