बझाङमा ‘टोल–टोलमा प्रहरी’ अभियान सञ्चालनमा

Posted on: 16 Jun, 2018

टेकेन्द्र बोहरा | असार २, बझाङ | बझाङमा पनी हरेक ‘टोल–टोलमा प्रहरी’ अभियान सञ्चालने असार १ गतेवाट  सञ्चालनमा आएको छ ।

 हरेक नागरिकहरुको घरदैलोमा प्रहरीको प्रत्यक्ष गएर शान्ति सुरक्षा अपराध रोकथाम र अनुसन्धानमा सहज ल्याउन तथा समुदायमा घट्ने अपराध लाई न्यूनिकरण गर्ने उदेश्यका साथ टोलटोलमा प्रहरी अभियान सुरु हुने भएको हो ।

जिल्लाको जयपृथ्बी नगरपालिकाका ११ वटै वडाहरुका सबै टोलटोलहरुमा सचेतना दिनका लागि प्रहरीहरु परिचालनका लागि टोली समेत गठन गरिएको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको  जनाएको छ ।

नागरिक मैत्री प्रहरीको रुपमा नेपाल प्रहरीको छबिलाई विस्तार गरि गाँउघरमा हुने अपराधका घटनाहरुको बारेमा कानुनी सचेनता तथा उजुरी गर्ने प्रकृयाका बारेमा जानकारी दिन टोलटोलमा प्रहरी अभियान सुरु गरिन लागेको प्रहरी नायब उपरिक्षक ऋषिराम कडेलले जानकारी दिएका छन् ।

जिल्लाको  जयपृथ्बी नगरपालिकाका सबै वडाका सबै टोलटोलमा पुगि सचेतना अभिबृद्धि गरिने जनाइएको छ । 

साउनपछि जिल्लाका सबै स्थानिय तहमा समेत यो कार्यक्रम सन्चालन गरि न्याय सम्पादन प्रकृयामा सहज हुने विस्वास लिएको उनको भनाइ छ । 

पछिललो समयमा जाड रक्सीका कारण घरलु हिंसा तथा महिला हिंसाका घटनाहरु बढी रहेको प्रहरीको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!