विभिन्न माग राख्दै बझाङ कारागारका कैदीबन्दी आन्दोलित

Posted on: 17 Jun, 2018

टेकेन्द्र बोहरा | असार ३, बझाङ | जिल्ला कारागार बझाङका कैदीबन्दीहरु आन्दोलित भएका छन् ।

आफूहरुले जिल्ला कारागारमा थुप्रै समस्या भोगेको भन्दै उनीहरुले पकाएको खाना नै खान छोडी नाराबाजीसहित जिल्ला कारागारभित्रै आन्दोलन गरेका हुन् । 

कैदिवन्धीहरुको आन्दोनलको मुख्य विषयहरु शुद्ध खानेपानी, चर्पी, ढल निकास, स्वास्थ्य, सरसफाई र सूचनापाटी रहेका छन  ।

कारागारमा शुद्ध पिउने पानीको सट्टा खाने पानीका धाराबाट फोहोर र धमीलो पानी आउने गरेको उनीहरुको भनाई छ । 

कहिले भातका सिता, कहीले धमीलो पानी र कहीले खच्चर, पशुचौपायाको दिसा पिसाब खानेपानीका धारामा आउने गरको उनीहरुको गुनासो रहेको छ ।

यस बिषयमा सरोकारवानी निकाय संग पटक पटक आग्रह गर्दा समेत सुनुवाई नै नभएका कारण आफुहरुले आन्दोलन गर्नु परेको बताए । जिल्ला प्रशासन कार्यालयले  २ वर्ष यता अनुगमन तथा निरीक्षण समेत नगरेको उनीहरुको भनाई रहेको छ । 

८ जना थुनुवा र ४६ जना कैदी गरी अहिले जम्मा ५४ जना कैदीबन्दीहरु रहेका छन् । २५ कैदीबन्दी राख्ने क्षमता भएको जिल्ला कारागार बझाङमा क्षमताभन्दा दोब्बर भन्दा बढी कैदीबन्दीहरु रहेका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!