डुग्रि खोलाले बगाउदा एक वालीका बेपत्ता

Posted on: 21 Jul, 2018

टेकेन्द्र बोहरा । साउन ५, बझाङ । बझाङको सदरमुकाम चैनपुर नजीकै रहेको डुग्रि खोलाले बगाउँदा एक वालीका वेपत्ता भएका छन ।

सनिवार दिउसो डुग्री खोलामा नुहाउने क्रममा जिल्लाको जयपृथ्वी नगरपालीका वडा नँ ३  की सुरेश ओलीकी छोरी वर्ष दस की सुस्मिता ओलीको खोलाले बगाउदा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

 सनिवार दिउसो करीव १ बजेतिर खोलामा  नुहाउन गएकी ओली नदीमा बगेर बेपत्ता भएको र निजको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक ऋृषिराम कडेले बताउनु भयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!