बझाङमा स्थानिय स्तरमा उत्पादित आलुको माग बढदै

Posted on: 03 May, 2017


मकरराज धामी/बैशाख २०, बझाङ । बझाङमा स्थानिय स्तरमा उत्पादित आलुको माग बढदै गएको छ । 

पछिल्लो समयमा जिल्लाका विभिन्न ग्रामिण क्षेत्रहरु किसानहरुले हिउदे आलुको खेती गर्दे आएका छन् । रसायनिक मलर विषदिको कुनै प्रयोग नगरि शुद्ध अर्गानिक पद्धति बाट आलु उब्जाउने गरेकाले आलुको स्वाद मिठो र छिटो पाक्ने गरेका कारण स्थानिय स्तरमा उत्पादित आलुको माग बढदै गएको छ । 

जिल्लाका विभिन्न ग्रामिण क्षेत्रहरुमा सडक संजालले छोए पछि बझाङका उच्च हिमालि क्षेत्रका किसानहरु हिउदे आलु खेती तर्फ लागेका हुन । जिल्लाको मुख्य व्यापारिक केन्द्र बुङगल क्षेत्रको विजगडा, वित्थड,बागथला, झोता, भाँडे बजार, देउरा, लगायत सदरमुकाम मा स्थानिय आलुको माग बढदै गएको छ । 

अहिले स्थानिय आलुको मुल्य प्रति किलो २५ देखि ३० रुपयाँ सम्म गाँउघरमै पर्ने गरेको छ भने बजारमा यसको मुल्य ३५ देखि ४० प्रति किलोमा पाईने गरेको छ । पहिले पहिले तरकारी किन्न आउदा आलु  कि छैन भनेर सोध्थे तर आजकाल ग्राहकले लोकल आलु छ कि छैन भनेर सोध्ने गरेको विजगडाका स्थानिय व्यापारी नर बहादुर बोहराले बताउनु भयो । 

गोठेमलको प्रयोगले आलुलाई स्वादिष्ट बनाउने हुदा ग्रामिण क्षेत्रमा उत्पादित हुने आलुको माग बढदै गएको छ । बझाङमा उत्पादन भएको आलुको माग जिल्ला भित्र मात्र होईन जिल्ला बाहिर बाट पनि आउने गरेको छ । 

हामी त हिमाल पहाड तराई गर्दै आउने मान्छे बाटोमा हिडदा बैतडिको  खोडपे देखि कैलालिको धनगडि सम्म चिने नचिनेकाले बझाङको आलु आएको छ भाई भनेर सोध्ने गएको एक ट्रक चालक गोपाल धामीले  बताउनु भयो । अहिले जिल्लाका विभिन्न व्यापारिक केन्द्रहरुमा संचालन भईरहेका पसलहरुमा जिल्ला बाट ल्याईएको भन्दा  स्थानिय स्तरमा उत्पादित आलु बढि विक्रि हुने गरेको छ ।

 

फोटो: बुङगल नगरपालिकाको झापामा विक्रिा गर्नका लागी आलु निकालिदै । तस्विर: मकरराज धामी ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!