३८ मेघावाटका अपर कालंगा जलविद्युत आयोजनाको निमार्ण कार्य सुरु

Posted on: 18 Apr, 2017

बैशाख ५, बझाङ | बझाङको बुङगल नगरपालिका वडा नं २ मा पर्ने अपर कालगां जलबिद्युत आयोजनाको निमार्ण कार्य सुरु भएको छ । 

२०६५ साल देखि सम्भाव्यता अध्ययन सुरु भएको ३८.४६ मेघावाटको यस आयोजनाको निमार्ण कार्य सुरु भएको हो । साविकको दहबगर गा.वि.स वडा नं ६ र हालको बुङगल नगरपालिका वडा नं २ मा ईनटेक बनेर खिरातडीको बिजगडमा पावर हाउस बन्ने अपर कालंगा जलविद्युत आयोजनाको ७ किलोमिटर लामो सुरुङ खन्ने काम सुरु भएको छ । आयोजना निर्माणले नेपालमा भैरहेको लोडसेटिङको समस्या कम गर्न सहयोग पुग्ने भएको छ । लोडसेडिङले बन्द अवस्थामा रहेका विभिन्न कलकारखाना तथा उद्योगहरु संचालनमा पनि यस आयोजनाले सहयोग पुग्ने भएको छ । यस क्षेत्रमा विभिन्न उद्योगका लागी आवश्यक प्रसस्त कच्चा पर्दा भएकाले विभिन्न उद्योग स्थापनाका लागी सम्भावना रहेको छ ।

सुदुरपश्चिम लगायत देशमा का क्रममा हजारौंको संख्यामा रोजगारी सिर्जना हुने र निमार्ण सम्पन्न भए पछि  तिन सय पचास जना भन्दा बढी स्थानीयले रोजगारीको अवसर प्राप्त गर्ने छन् । सुदुर पश्चिमको विकासका लागी यो आयोजना कोसेढुङ्गा सावित हुने कालंगा हाइड्रो प्रालीका संस्थापक विरेन्द्र मल्लले जानकारी दिनुभयो  । 

बझाङका दुर्गम गांउमा आयोजना निर्माण कार्य सुरु भए पछि यस क्षेत्रमा स्थानियहरुमा  खुसीयाली छाएको छ । विकट ठांउमा यस्ता ठूला आयोजना बने पछि यस क्षेत्रको बिकासको महत्वपुर्ण योगदान पुग्ने अपेक्षा बुङल बासिले गरेका छन  । यो आयोजना निमार्ण हुन लागे पछि आफ्नो शैक्षिक योग्यता र दक्षता अनुसारको रोजगार यस क्षेत्रका युवाहरुले पाईरहेको छन् । हिजोका दिनमा रोजगारका लागी विदेशिने युवाहरु हाल यसै आयोजनामा काम गरि रहेको र यस आयोजनाले बझाङको मुहार फेर्ने उने यस क्षेत्रका स्थानियवासिहरुको भनाई छ ।  - मकरराज धामीको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!