प्रधान न्यायधिशद्वारा जिल्ला अदालतको भवन शिलान्यास

Posted on: 04 Sep, 2017

सम्राट सिंह | भदौ १९, बझाङ | सुदूरपश्चिमको विकट हिमाली जिल्ला बझाङमा निर्माण हुन थालेको जिल्ला अदालत भवनको सम्माननिय प्रधान न्यायधिशले शिलान्यास गर्नुभएको छ । सोमबार सम्माननिय प्रधान न्यायधिश गोपाल प्रसाद पराजुलीले जिल्लामा निर्माण हुन थालेको भवनको शिलान्यास गरेको हो ।

कन्टिजेन्सी सहित ८५ लाख ५० हजार लागतमा निर्माण हुन थालेको ३ तले ३७ कोठा भएको पक्की भवन को शिलान्यास गर्न प्रधान न्यायधिश बझाङ आउनुभएको थियो । जिल्लाको  सदरमुकाम चैनपुरको पानकोट रोडमा निर्माण हुन थालेको भवनले ६ हजार ८ सय ६४ वर्गफिट जमिन ओगट्ने जनाएको छ । २०७४ बैशाख २२ गते ठेक्का सम्झौता भई २०७६ बैशाख २१ गते निर्माण कम्पनिले भवन निर्माण गरिसक्नु पर्नेछ ।

शिलान्न्यास कार्यक्रममा बोल्दै प्रधान न्यायधिश पराजुलीले ठेकदारले गुणस्तरिय सामग्री प्रयोग गरि भवन तोकिएको समयमा नै निर्माण गर्नुपर्ने बताउनुभयो । आजै अछाम जिल्लामा पनि जिल्ला अदालतको भवन उदघाटन गरी प्रधान न्यायधिश बझाङ आउनु भएको थियो ।

तश्विरमा: जिल्ला अदालत बझाङको भवन शिलान्यास गरे पश्चात बोल्दै सम्माननीय प्रधान न्यायधिस पराजुली ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!