घाँसे मैदान बन्दै बझाङ विमानस्थल

Posted on: 02 Dec, 2017

मङ्सिर १६, बझाङ । जहाजले लामो समय सम्म उडान भर्न छोडेपछि यतीखेर बझाङको देवल विमान स्थल घाँसे मैदानको रुपमा प्रयोग भएको छ । 

नेपाल वायुसेवा निगमले बझाङलाई सडक संजाल जोडिएको भन्दै एक दशक अघि नै उडान रोकेको थियो । जहाज उडान विहिन उक्त विमान स्थलमा यतिखेर स्थानीयहरु दैनिक घाँस काट्ने गर्दछन । 

जयपृथ्वी नगर पालिका रिठापाटा गाउँ नजिकै २०१३ सालमा निर्माण भएको विमान स्थलमा जहाज उडान भर्न छोडेपछि हाल जिर्ण बन्दै गएको स्थानीय सागर खड्काले बताँए । 

जहाजले उडान भर्न छोडेपछि टावर घर भत्किएको अवस्थामा छ भने मैदानमा गाई गोरु छाडा छाड्ने गरेको पाइन्छ । करिव दुई हजार वर्ग मिटर क्षेत्रफलमा निर्माण भएको देवल विमान स्थल बझाङ्ग जिल्ला विकास समितिका तत्कालिन सभापती मोतिलाल खड्काद्धारा उद्दघाटन भई निर्माण भएको बताँएको छ । 


विगतमा साप्ताहिक रुपमा जहाज उडान हुदा निकै सेवा प्रवाह भएको थियो स्थानीय प्रविन धामीले भने उडान रोकिएपछि छिटो छरितो रुपमा आवतजावत गर्न समस्या भएको छ । 

विमान स्थलमा जहाज उडान रोकिएपछि जिल्लाबाट गम्भीर विरामी अन्यत्र लैजान तथा अति आवश्यक कामको लागी आवतजावत गर्न कठिनाई भएको स्थानीयहरुको गुनासो रहीआएको  छ । जहाज अभावकै कारण बसको यात्रा गर्र्नु पर्ने भएकाले जिल्लाबाट रिफर गरिएका कतिपय विरामीहरुको बाटोमै नै मृत्यु गरेको छ । 

जहाज उडान हुदा धनगढी नेपालजंग लगाएतका ठाउँमा आवतजावत गर्न एक घण्टामै पुगिन्थ्यो भने उडान काटिएपछि बझाङबाट चार वटा जिल्ला घुमेर मात्र तराई पुगिन्छ । करिव २ किलो मिटर लामो सो विमान स्थलको घेरवार जिर्ण भएपछि चौपायाहरुको रजाई भएको देखिन्छ । उडान बन्द भएपछि जिल्ला स्तरिय खेलकुदका कार्यक्रमहरु समेत सोही विमान स्थलमा संचालन हुने गरेकाछन् ।

 बझाङबासीले सो विमान स्थल सुचारु गर्न पटक पटक आग्रह गर्दा पनि सरकारबाट कुनै सुनुवाई भएको छैन् । विमान स्थल सुचारु नहुदा बझाङको साईपाल,खप्तड,लगाएतका ठाउँमा घुम्न आउने पर्यटकहरुलाई समेत समस्या भएको छ । टेकेन्द्र बोहराको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!