वडा कार्यालय र स्वास्थ्य चौकी निमार्णका लागी १० रोपनी जग्गादान

Posted on: 18 Dec, 2017

पुस ३, बझाङ । वडा कार्यालय र स्वास्थ्य चौकी निमार्णका लागी बझाङ मस्टा गाँउपालीकाका स्थानिय बासीहरुले सँयुत्त रुपमा दस रोपनी निशुल्क जग्गा दान गरेका छन ।

बझाङको मस्टा गाँउपालीका बडा नँ ७ का स्थानिय बासीहरले निशुल्क जग्गादान गरेको मस्टा गाँउपालीका बडा नँ ७ का बडा अध्यक्ष बम्म बोहराले बताएका छन । 

हामिले स्थानीय सँञ्चार माध्यमा जग्गादानका लागी आव्हान ग¥यौ सुचना प्रशारण भए लगतै विना सर्त जग्गादान गर्न राजी भएको अध्यक्ष बोहराले बताए ।

गाँउमै वडा कार्यालय र स्वास्थ्य चौकी निमार्ण हुने भएपछी हामीले स्वास्थ्य उपचारका लागी   दुख पायौ पायौ अव आप्ना  सन्तानहरुलाई स्वास्थ्य उपचार गर्न सजिलो होस र गाँउमै वडा कार्यालय स्थापना हुने भएकाले निशुल्क जग्गादान गरेको मस्टा गाँउपालीका वडा नँ ७ की कलादेवी बोहराले बताउनुभयो  ।

 बडा कार्याल र स्वास्थ्य चौकीको भवन निर्माणको लागी निशुल्क जग्गादान गरेका मस्टा गाँउपालीका सवै स्थानिय बासीहरुले जग्गादताहरुलाई धन्यवाद दिएका छन ।

मस्टा गाँउपालीका स्थानियबासीहरुले स्वास्थ्य उपचारका लागी सदरमुकाम चैनपुर आउन करीव तिन घन्टाको पैदल बाटो हिड्नुपर्ने बाध्यता रहिआएको छ । टेकेन्द्र बोहराको सहयोगमा 


यस बिषयमा तपाइको प्रतिक्रिया...!