बझाङमा यार्सागुम्वा करवाट ६ लाख २५ हजार संकलन

Posted on: 25 Apr, 2018

टेकेन्द बोहारा/बैशाख १२ बझाङ | साईपाल गाँउपालीका वडा नँ १ ले यार्सा गुम्वा सँङकलन कर एक महिनाको अवधीमा  ६ लाख २५ हजार नगद जम्मा गरेको छन । 


बझाङको हिमाली गाँउपालीका मानिने साईपाल गाँउपालीको वडा नँ १ को  नरेन्द धामीको नेतृत्वमा धलौनको यार्सा सँङकलन केन्दबाट उत्त रकम सँकलन गरेको साईपाल गाँउपालीका अध्यक्ष्य राजेन्द धामिले बताए ।

साईपाल गाँउपालीकाले आप्ना गाँउपाली भित्रका यार्सा सङकलकलाई जनही ३सय रुपैया लिने गरेको र छिमेकी गाँउपालीकालाई ५ सय  रुपैयाँ जिल्ला भित्रका यार्सा सँङकलन कर्तालाई १ हजार रुपैया र  जिल्ला बाहिरका सँङकलन कर्तालाई २ हजार लिने गरेको साईपाल गाँउपालीका  वडा नँ १ का वडा अध्क्ष्य गोपाल बोहाराले बताए ।

यार्सा सँङकलन करवाट उठेको रकमले गाँउ बिकासका लागी खर्च गरीने बोहराले बताए । 

बझाङ जिल्लामा बर्षेनि यार्सा सँङकलन गर्न हजारौ मानिसलेक तिर जाने गर्दछन । साईपाल गाँउपालीकाले जस्तै बझाङ अन्य गाँउपालीकाले पनी यार्सा सँङकलन कर उठाउदै आएका छन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!