बझाङमा महालक्ष्मी विकास बैंकको सेवा सुरु

Posted on: 25 Apr, 2018

टेकेन्द बोहरा/बैशाख १२ बझाङ | महालक्ष्मी बिकास बैंकको मंगलवार देखी सदरमुकाम चैनपुरमा आफ्नो कारोवार बिधीवध रुपमा सुरु गरेको छ ।

मंगलवार भएको समुत्घाटन कार्यक्रमको प्रमुख अतिथीमा जयपृथ्वी नगरपालीका मेयर बिरेन्द्र खड्का रहेका थिए । 

भने कार्यक्रमको सभापतित्व महालक्ष्मी बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण लामीछाने रहेका थिए |

महालक्ष्मी विकास बैंकको चुत्ता पुँजी २ अरव ७३ करोड रहेको बताएको छ। यस साखाले आफ्ना ग्राहाकलाई मध्यनजर गर्दै एटिम सेवा,मोवाईल बैंकिङ सेवा ,रेमिटान्स सेवा,इसिसि सेवा किलियरी सेवा, दिने बताएको छ ।

अव महालक्ष्मी विकास बैंकले गाँउपालीकालाई मध्यनजर गर्दै गाँउ गाँउमा आप्नो सुबिधा दिने बताएको छ ।

महालक्ष्मी बिकास बैंकले सदरमुकाम चैनपुरमा गत बर्ष मंसिर १४ गतेबाट आफ्नो कारोवार सुरु गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!