बझाङको जयपृथ्वी नगरपालीकाको बजेट सार्वजनिक, के-केमा छ प्राथमिकता ?

Posted on: 25 Jun, 2018

टेकेन्द्र बोहरा | असार ११, बझाङ | बझाङको पहिलो नगरपालिकाको रुपमा रहेको जयपृथ्वी नगरपालिकाको दोस्रो नगर सभा सम्पन्न् भएको  छ ।

नगरपालिका भित्र आधारभुत पुर्वाधारको विकासलाई मुख्य प्राथमिकता दिदै निति, कायक्रम तथा बजेट सार्वजनिक आईतवार सार्वजनीक गरेको छ । 

आर्थिक विकास र गरिवी निवारणमा जोड दिइएको भनिएको कार्यक्रममा करिब ५२ प्रतिशत बजेट चालु खर्चको लागि छुट्याइएको छ । 

नगरपालिकाले आगामी आर्थिक बर्षका लागि विनियोजन गरेको करिब ४७ करोड १५ लाख मध्ये २४ करोड ६८ लाख रुपैया चालु खर्चको लागि र २२ करोड ४७ लाख पु“जिगत खर्चको लागि छुट्याएको छ ।

 पुजिगत खर्चको ४१ प्रतिशत अर्थात ९ करोड २८ लाख पुर्वाधार विकासको लागि विनियोजन गरिएको नगरपालिकाकी उपप्रमुख जुना जाग्रीले बताउनुभयो ।

 पुर्वाधारको अधिकांस रकम ग्रामिण सडक निर्माणमा खर्च गरिने गरि कार्यक्रम तय गरिएको छ । 

स्वच्छ समृद्ध र सम्पन्न नगरपालिकाको परिकल्पना पुरा गर्नको लागि शिक्षा, स्वास्थ्य, पोषणको अवस्था सुधार गर्ने, कृषि र पशुजन्य उत्पादनको बृद्धी गरि कृषकहरुको आयस्तर सुधार गर्ने, लैगिक तथा सामाजिक समावेशीकरण मैत्री विकास प्रकृयाको थालनी गर्ने र जनतालाई चुस्त सेवा प्रवाह र शुशाशनको अनुभुती दिने तर्फ निति कार्यक्रम तथा बजेट केन्द्रित रहेको उल्लेख गरिएको छ । 


विभिन्न कृषि र पशु जन्य उत्पादनको पकेट क्षेत्रको रुपमा नगरपालिकालाई विकास गर्ने, साक्षर नगरपालिका बनाउने र कुपोषणको जोखिम घटाउने खालका कार्यक्रमहरुमा रकम विनियोजन गरिएको नगरपालिकाले जनाएको छ । 

यस्तै सदरमुकाम क्षेत्रलाई पलाष्टिक रहित क्षेत्र घोषणा गर्ने, बनमा आधारित उद्यम प्रर्वद्धन गर्ने लगायतका कार्यक्रम पनि नगरसभामा प्रस्तुत गरिएको छ 

नगर सभाको जिल्ला समन्वय समितिका संयोजग खड्गबहादुर खड्काले उदघाटन गरेका थिए । नगरसभामा बोल्दै नगरप्रमुख विरेन्द्रबहादुर खड्काले समृद्ध नगरपालिका बनाउने जनताको सपना साकार पार्नका लागि आफुहरुले धेरै मेहेनतका साथ काम गरिरहेको र प्रस्तुत बजेट जनताको चाहाना अनुसार विनियोजन भएको बताएका थिए । 

माथिको तश्विरमा: जयपृथ्वी नगरपालिकाको दोसो नगरसभामा उपस्थित सहभागीहरु । तस्विरः टेकेन्द्र बोहरा  । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!