बझाङको रिङ्गरोड धमाधम पिच हुँदै, ४२ लाख सहित ठेकदार सम्मानित

Posted on: 09 Nov, 2018

सम्राट सिंह | कात्तिक २३, बझाङ | सुदूरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला बझाङको सदरमुकाम चैनपुरको रिङ्गरोड धमाधम पिच भइरहेको छ । चैनपुरका बासिन्दाहरुले आफै जग्गा दिएर बनाएको रिङ्गरोडको सहरी विकास तथा भवन डिभिजन कार्यालयले पिच गर्न थालेको हो । सदरमुकाम चैनपुर भित्र रहेका सबै सडकहरु साँघुरा हुँदा यातायातका साधनहरु आवतजावत गर्न कठिनाई हुने गरेकाले स्थानियहरुको पहलमा  रिङ्गरोडलाई झण्डै साढे सात मिटर चौडाई  बनाई नमुना सडक बनाएको थियो ।

जिल्लामा अन्य ठेकदारहरुले जिम्मा लिएका निर्माण कार्यहरु बिगत ४÷५ बर्ष हुँदा समेत सम्पन्न भएका छैनन् चैनपुरका समाजसेवी प्रदेशी कामीले बताए ।  बिगत ३ बर्ष यता  विकोई ईल्डर्स प्रालीले मालपोत भवन,जिल्ला हुलाक भवन, बाउली गार्ड र सेती नदीमा टठबन्धन को कार्य सम्पन्न गरी हाल चैनपुर बजार क्षेत्र पिच र जिल्ला प्रहरी कार्यालय जाने सडक आरसिसि गर्ने कार्य तिब्र रुपमा गरिरहेको उनको भनाइ छ ।


झट्ट हेर्दा टापु जस्तै देखिने चैनपुरको रिङ्गरोड सडक पिच हुँदा चैनपुर बजार एकदमै आर्कषण देखिएको छ । अहिले बझाङको रिङ्गरोड सडक, अदालत देखि चौराहसम्म को सडक र जीपपार्क देखि जिल्ला प्रहरी कार्यालयसम्मको सडकको पिचको काम विकोई ईल्डर्स प्रालीले झण्डै ३ करोड ७६ लाखको लागतमा निर्माणको जिम्मा लिएको छ ।  

जिल्लामा विकोई ईल्डर्स प्रालीले गरेका निर्माण कार्यहरु गुणस्तर र सम्पन्न गरिसक्नु पर्ने मितिभन्दा ६/७ महिना अगाडि नै सकेको हुँदा सरकारले आफुलाई सम्मानित गरेको निर्माण कार्यलाई तिब्रता दिन थप हौसला मिलेको विकोई ईल्डर्स प्रालीका प्रतिनिधी दल बहादुर बिष्टले बताए । उनले भने  बझाङमा आफ्नो कम्पनिले जिम्मा लिएका कामहरुको ७० प्रतिशत काम सकिसकेको र बाँकी कामहरु ५ महिना भित्र सम्पन्न हुनेछन । 


४२ लाख सहित ठेकदार सम्मानित

बिगत ५ बर्ष यता बझाङमा हुने गरेका निर्माण कार्यहरु छिटोछरितो सम्पन्न गरेको भन्दै विकोई ईल्डर्स प्रालीका प्रतिनिधी दल बहादुर बिष्टलाई ४२ लाख नगद सहित सम्मान गरेको हो । निर्माण कार्य सम्पन्न गर्ने समय अवधि भन्दा ६ महिना अगाडि नै मालपोत कार्यालय हस्तान्तरण गरेकोमा सरकारले नगद ३२ लाख र जिल्ला हुलाक कार्यालय बाट १२ लाख गरी ४२ लाख नगद सहित सम्मान गरेको हो । 

यस्तै बझाङमा हाल मटेला स्वास्थ्य चौकी लगायतका निर्माणका ठेक्का पनि विकोई ईल्डर्स प्रालीले नै जिम्मा पाएको छ । बझाङ जिल्लामा ठेक्का ओगट्ने काम नगर्ने ठेकदारका कारण जिल्लाको विकासमा बाधा पुगेको  विकोई ईल्डर्स प्रालीले नै का प्रतिनिधि दल बहादुर बिष्टले बताए  । बझाङमा आफ्नो कम्पनिले जिम्मा लिएका कामहरुको ७० प्रतिशत काम सकिसकेको र बाँकी काम ५ महिना भित्र सम्पन्न गर्ने उनको भनाइ छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!