राष्ट्रिय बीमा कम्पनी लिमिटेडले गर्यो बझाङमा शाखा बिस्तार

Posted on: 15 Feb, 2019

सम्राट सिंह | फागुन ३, बझाङ | सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आफ्नो शाखा उपशाखा बिस्तारको क्रममा बझाङ्गको जय पृथ्वी नगरपालिकामा प्रवेश गरेको छ । बीमा समितिले तोकिदिएको बालि तथा पशुपंक्षि बीमा अन्र्तगत विगत चार वर्ष देखि भेटेरीनरी अस्पताल तथा पशुपंक्षि विज्ञ केन्द्रको  कार्यालयबाट यस क्षेत्रका किसानहरुलाई सेवा प्रदान गर्दै आएको राष्ट्रिय बीमा कम्पनी लिमिटेडले यहि फागुन ३ गते देखि जय पृथ्वी नगरपालिका वार्ड नं. १० चैनपुरको शान्तिमार्गमा उपशाखा कार्यालय संचालनमा ल्याएको हो । नेपाल पत्रकार महासंघ बझाङ्ग शाखाका उपाध्यक्ष श्री सम्राट बहादुर सिंहको दूर्घटना बीमा लेख जारी गर्दै कार्यालयको अनौपचारीक शुभारम्भ गरेको छ । बाली तथा कृषि बीमाका अतिरिक्त यस उपशाखाबाट मोटर बीमा, सम्पत्ति बीमा, इन्जिनियरिङ्ग बीमा, स्वास्थ्य बीमा, दूर्घटना बीमा, लगायत निर्जीवन बीमाका सबै प्रकारका बीमालेखहरु जारिहुने कम्पनीले जनाएको छ । 

मानवीय आवश्यकताहरु मध्ये गाँस, बास, कपास पछिको चौथो आवश्यकताको रुपमा रहेको बीमालाई आम नेपाली समक्ष पु¥याई सरल र चुस्त दुरुस्त सेवा दिन राष्ट्रिय बीमा कम्पनी लिमिटेड सक्षम र तत्पर रहेको जनाउँदै यस उपशाखा कार्यालयको स्थापना पछि बीमाको पहुँचमा बृद्धि समेत हुने कम्पनीका बजार विज्ञ सुकल्याण पराजुलिले बताउनुभयो । संविधानमा ब्यवस्था गरिएको समाजवाद उन्मूख अर्थ ब्यवस्था र समृद्धिको यात्रामा बीमाको महत्व उल्लेखनिय हुने हुँदा राष्ट्रिय बीमा कम्पनीले यस क्षेत्रमा सहज र सरल रुपमा सेवा विस्तार गर्दै जनताको मन जित्न सफल हुने समेत उहाँको भनाइ छ ।

बझाङ्ग जिल्लाको आर्थिक विकासको लागि बैंकहरुको प्रवेशसँगै बीमाको आवश्यकता महशुस गरिएको सन्दर्भमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रवेश नगरवासी तथा आम बझाङ्ग वासीहरुका लागि उत्साहको विषय बन्न पुगेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!