हेलिकप्टर मार्फत बझाङको साईपालमा खाद्यान्न आपूति

Posted on: 17 Feb, 2020

फागुन ५, बझाङ | बझाङको साईपाल गाउँपालिकामा खाद्यान्न अभाव भएपछि हेलिकोप्टर मार्फत ढुवानी गरिएको छ | लामो समय देखिको हिमपात र बर्षाले उक्त क्षेत्रमा भोकमरी उत्पन्न भएको थियो | साइपाल गाउँपालिकाको वडा नम्बर १, २ र ३, ४, ५ मा  खाद्यान्न आपूर्ति गरिएको छ |

उक्त क्षेत्रमा नेपाल सरकारले गाउँपालिकाको वडा नम्बर ४ मा नेपाली सेनाको हेलीकोप्टरमार्फत शनिबार २५ क्विन्टल २० केजी खाद्यान्न ढुवानी गरिएको छ | प्रति व्यक्ति ३ केजीका दरले वितरण गरेको उक्त खाद्यान्नपछि आइतबार धलौनबाट भेडामार्फत थप २८ क्विन्टल खाद्यान्न ढुवानी गरेर धुली पुर्याइएर वितरण गरिएको खाद्य संस्थानले जनाएको छ |

सडक संजाल समेत नजोडिएको उक्त क्षेत्रमा भएको खाद्यान्न अभाव हटाउनकालागि सांसद आशा विकले संसदमा समेत सरकारको ध्यानाकर्षण गराएकी थिईन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!