चिट चोराउने भीडलाई नियन्त्रणमा लिन हवाई फायर

Posted on: 27 Mar, 2019

सम्राट सिंह | चैत १३, बझाङ | जिल्लाको छबिसपाथिभेरा गाउँपालिकामा रहेको बान्निचौर मावि केन्द्रमा एसईई परिक्षामा चिट चोराउने भिँडलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । बुधबार गणित विषयको परिक्षामा चिट चोराउन खोज्ने तीन जना अभिभावकलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा गाउँलेहरुले ढुंगामुढा प्रहार गर्दा प्रहरी फायर गरेको हो ।

बान्निचौर माविको परिक्षा केन्द्रमा चिट चोराउनेहरुको भीड लागेपछि प्रहरीले हटाउन खोज्दा उल्टै प्रहरी माथि नै ढुङ्गामुढा प्रहार गरेपछि भिँडलाई नियन्त्रणमा लिन हवाइफायर गर्नु परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

परिक्षा केन्द्रमा व्यापक चिट चोरी हुने गरेको सुचना आएपछि आज प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, जिल्ला प्रहरी कार्यालयका डियसपी प्रविण धिताल लगायतको टोली अनुगमनका लागि बान्निचौर माविको परिक्षा केन्द्रमा गएको थियो ।

ढुंगामुढा गर्ने आरोपमा पक्राउ परेका तीन जनाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक प्रविण धितालले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!