बझाङको सरस्वती मावि स्थित व्यवस्थापन समितिमा काँग्रेस निकट उमेरद्वार विजय

Posted on: 14 Mar, 2020

चैत १, काठमाडौं । बझाङ जिल्लाको बुङ्गल नगरपालिका- ४ विजगडा स्थित सरस्वति माध्यमिक विद्यालको व्यवस्थापन समितिमा नेपाली काँग्रेस निकट उमेरद्ववार विजय भएका छन् । 

शनिबार भएको निर्वाचनमा काँग्रेसका तर्फबाट झलक कार्की, प्रतीक्षा कुवँर, अक्कल धामी, निर्जला सिंह व्यवस्थापन समितिको सदस्यमा निर्वाचित भएका हुन् । 

नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट नन्दु धामि, जनक कुवँर, मिना देवि कार्की, किडि देवि ठगुन्ना उमेरदवार रहेका थिए । कुल खसेको ४ सय ३७ मत मध्ये चुनाव चिन्ह झन्डाले २१६ मत प्राप्त गरि ८ मतले विजय हाँसिल गरेको भवानि वालबिकास बोर्डिङ स्कुलका संञ्चालक शेर कुवँरले जानकारी दिए । 

त्यस्तै विपक्ष गाई चुनाव चिन्हले २०८ मत प्राप्त गरेको छ । कुल खसेको मत मध्ये १३ मत बदर भएका थिए । निर्वाचित उमेरदवारहरू मध्येबाट विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गरिने छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!