फोहोर व्यवस्थापन नहुँदा बझाङ सदरमुकाम दुर्गन्धित

Posted on: 28 Apr, 2017


मकरराज धामी/बैशाख १५, बझाङ । जयपृथ्वी नगरपालीका स्थापना भएको तिन वर्ष पुगिसक्यो तर नगरपालिकाले अहिले सम्म फोहोरको उचित व्यवस्थापन गर्न सकेको छैन । 

जसका कारण  जल तथा वायू प्रदुषण बढदै गएको छ । जयपृथ्वी नगरपालीकाले नगरक्षेत्र  भित्रबाट संकलन भएको फोहोरलाई स्थानिय बाहुलीगाड खोलाको किनारमा विर्सजन गर्ने गरेको छ । जयपृथ्वी नगरपालीका भित्रबाट उठेको फोहोरलाई सिधै पानीको श्रोतमा मिसाउने र बाल्ने गर्दा प्रदुषण बढ्दै गएको ले समस्या उत्पन्न हुन थालेको स्थानियले गुनासो गरेका छन ।

सेती नदी र बाहुलीगाडको दोभान भन्दा करीब ५ सय मिटर माथी नगरपालीकाले फोहोर फाल्ने गरेको छ । 

बाहुलीगाडले बगाएर यो फोहोरलाई सेती नदीमा समेत मिसाउनाले यहांको पानी प्रयोगकर्तामा समेत स्वास्थ्य सम्बन्धी समस्या देखिन थालेको बताइएको छ । बझाङ सदरमुकाम लगायत बाहुलीगाड र सेती नदी आसपासका धेरै बस्तीहरुले अहिले पनि यहांको पानीलाई खानेपानीको रुपमा प्रयोग गरिरहेका छन । भने आसपासका बस्तीका मानिसहरुले नुहाउने र लुगा धुने मुख्य ठांउ बाहुली गाड र सेती नदी नै हुन ।

सदरमुकामवासीले सदरमुकामका धारामा खानेपानी नियमित रुपमा नआउने हुदा विकल्पको रुपमा बाहुलीगाडको पानी प्रयोग गर्ने गरेका छन् । पानीमा जथाभावि नगरपालिकाले फोहोर मिसाउनाले आफुहरुलाई निकै समस्या भएको स्थानिय विस्ना नेपाली बताउनु भयो । भनिन धारामा पानी नआउदा नजिकैको बाहुलीगाड खोला भएकाले त्यतै बाट ल्याएर खान्थ्यौ । फोहोर फाल्न थाले पछि खोलाको पानी पिउन मन लाग्दैन उहाले बताईन ।

यस्तै बाहुलीगाडको पानी प्रदुशित हुदै गए पछि त्यहां नुहाउदा पनि छालाजन्य रोगको संक्रमण हुन थालेको छ । यहांको पानीले नुहाएको एक दुइ घण्टा पछि जिउ चिलाउने, शरिरमा विमिरा आउने, घाउ पाक्ने जस्ता समस्या आउने गरेको अर्का स्थानिय अक्कल बोहराले बताउनु भयो । 

यता जयपृथ्वी नगरपालिकाका कार्यकारी प्रमुख अम्मर राज खत्रीले उपयूक्त ल्याण्डफिल्ड साइटको खोजीमा नगरपालिका लागिरहेको जानकारी दिनु भयो । जन स्वास्थ्यमा असर पर्न सक्छ भन्ने थाहा हुदा हुदै पनि अरु विकल्प नहुंदा सम्मका लागी बाध्य भएर बाहुलीगाडमा फाल्नु परेको उहाको भनाई छ ।

तस्बिर: बझाङ सदरमुकाम चैनपुर नजिकै बौलीगाडखोलामा नगरपालिकाले दिनहु फालेको फोहोरको थुप्रो । तस्विर: मकरराज धामी, बझाङ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!