बझाङमा एमालेले उम्मेदवारको टुङगो लगायो

Posted on: 25 Apr, 2017

मकरराज धामी/बैशाख १२, बझाङ । बझाङमा स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले १० वटा गाउपालिका र २ वटा नगरपालिकामा प्रमुख तथा उप प्रमुखको छनोट गरेको छ । 

२० बर्ष पछि हुन लागेको स्थानीय तहको चुनाव गाउँघर टोल छिमेकमा निकै खुसी छाएको छ । 

नेकपा एमालेले जयपृथ्वी नगरपालिकामा मेयरका लागि वीरेन्द्र खड्का, उपमेयरमा जुना जाग्री, बुंगल नगरपालिकामा मेयरका लागि धनबहादुर बोहरा, उप मेयरमा धनदेवी कुँवरलाई छनौट गरेको छ । 

त्यस्तै काँडा गाउँपालिकामा अध्यक्ष मानबहादुर बोहरा, उपाध्यक्ष डोल्मा तामाङ, तलकोट गाउँपालिकामा लालबहादुर विष्ट, उपाध्यक्ष धनलक्ष्मी खत्री, मष्टा गाउँपालिकामा कर्णबहादुर बोहरा, उपाध्यक्ष भगवती बोहरा, सुर्मा गाउँपालिकामा शेरबहादुर बोहरा, उपाध्यक्षमा मातादेवी बोहरा, छब्बीसपाथिभेरा गाउँपालिकामा अक्कल धामी, उपाध्यक्ष राधिका रताला, छान्ना गाउँपालिकामा मिश्र रोकाया, उपाध्यक्ष पावसरा थापा, थलारा गाउँपालिकामा भुवनेश्रर उपाध्याय, उपाध्यक्ष गंगुदेवी खडायत, केदारस्यु गाउँपालिकामा इन्द्र भण्डारी, दुर्गाथली गाउँपालिकामा प्रयागराज जोशी, पार्वतीदेवी जाग्री, बित्थडचिर गाउँपालिकामा प्रेम बोहरा, उपाध्यक्ष जानकी बोहरालाई छनौट गरेको छ । 

यसै गरि गाउपालिका र नगरपालिकाका सबै वडाहरुमा पनि उम्मेदवार छनोट गरेका छ । एमाले जनताको पार्टी भएकाले जनताको चाहेका उम्मेदवारलाई चुनावि मैदानमा ल्याएको नेकपा एमाले जिल्ला अध्यक्ष दिलबहादुर सिहंले जानकारी दिनु भयो । 

यता नेपाली काँग्रेस र माओवादि केन्द्रमा भने उम्मेदवारका आकांक्षीहरु बढे पछि छनौट प्रक्रियामा ढिलाई भएको छ । लामो समय पछि स्थानिय तहको निर्वाचन हुन लागेकाले आकाँक्षीहरु बढेकाले सहमतिमा ल्याउदा समय लाग्ने भएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!