सुनुकडा बहुमुखि क्याम्पसमा स्ववियुद्धारा ताला

Posted on: 27 Apr, 2017

बैशाख १४, बझाङ । सुनुकडा बहुमुखि क्याम्पसमा स्वतन्त्र विद्यार्थि युनियन स्ववियुले ताला लगाएको छ । 

अनेरास्ववियुको तर्फबाट स्ववियिुको सह सचिवमा निर्वाचित हुनु भएकी पार्वती विष्ट माथि प्राध्यापकले अभद्र व्यवहार गरेकोले कारवाहिको माग गर्दै क्याम्पसमा ताला लगाएको हो ।

स्ववियु निर्वाचनमा ने वि संघ लाई सहयोग नगरेको भन्दै सुनकुडा क्याम्पसका प्राध्यापक दल बहादुर ढाँटले मदिरा सेवन गरि राती पार्वतीको कोठामा गई गालि गलैच गर्नुका साथै अभद्र व्यवहार गरेको भन्दै स्ववियुले दोषी माथि कारवाहिको माग गर्दै क्याम्पस प्रसासनमा ताला लगाएको हो । 

सो घटनाको वारेमा बेला बेलामा क्याम्पस प्रसासन लाई पनि जानकारी गराएको तर क्याम्पस प्रसासनले वेवास्ता गरेका कारण तालावन्दी गर्नु परेको स्ववियु सभापति मोहन बोहराले जानकारी दिनु भयो । 

नेपालि काँग्रेस क्षेत्रिय निर्वाचन कमिटि क्षेत्र २ बझाङका सचिव समेत रहेका प्राध्यापक ढाँटले शिक्षा नियमावलि विपरित क्याम्पसमा खुलेयाम राजनिति गरेको आरोप स्ववियुले लगाएको छ । तत्काल दोषिलाई कारवाहि नगरे आन्दोलनका कार्यक्रम सार्वजनिक हुने र विद्यार्थिलाई पर्न जाने असुविधाको जिम्मा क्याम्पस प्रसासनले लिनु पर्ने उहाँको भनाई रहेको छ । मकरराज धामीको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!