काँग्रेसका सभापती एवं राप्रपाका केन्द्रिय पार्सदसहित ३५ जना माओवादी केन्द्रमा प्रवेश

Posted on: 12 May, 2017


सम्राट सिंह/बैशाख २९, बझाङ । स्थानिय निर्वाचनको मुखैमा नेपाली काँग्रेसका वडा कमिटी  सभापती र राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय पार्सद सहित ३५ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन ।  

नेपाली काँग्रेसका जयपृथ्वी नगरपालिका वडा नम्बर १० का वडा कमिटी सभापती ज्ञानेन्द्र बहादुर सिंह र राप्रपाका केन्द्रिय पार्सद सन्तोष बहादुर सिंह एवं नेपाली काँग्रेसका वडा सदस्य गोकर्ण बहादुर सिंह लगायत ३५ जनाले पार्टी परित्याग गरी माओवादी केन्द्र पार्टीमा प्रवेश गरेको नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष नरेन्द्र खडकाले बताए ।

नेपाली काँग्रेस पार्टीको निति,सिद्वान्त तथा बिचार सामन्ती शैली भएकाले आफुले जहिले पनि गरिब, उत्पिडित जनताको संरक्षकको रुपमा जनपक्षिय काम गर्ने पार्टी माओवादी केन्द्रमा प्रवेश गरेको नेपाली काँगेस जयपृथ्वी नगरपालिका वडा नम्बर १० का नगर कमिटी सभापती ज्ञानेन्द्र बहादुर सिंहले बताए । बिगत २० बर्ष देखि काँगेसको राजनितीमा संलग्न भएपनि आजबाट नेपाली काँग्रेस पार्टीको कुनैपनि तह र पदमा नरहने गरी पार्टी परित्याग गरेको उनको भनाइ छ ।

शुक्रबार नेकपा माओवादी केन्द्र का जिल्ला अध्यक्ष कलक बहादुर खडका र वाइसिएल नेपाल प्रदेश नम्बर ७ का संयोजक रतन बहादुर सिंहले टिका तथा दोसल्ला ओढाई पार्टी प्रवेश गराएका हुन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!