बझाङको काँडा गाउँपालिकामा काँग्रेस विजयी

Posted on: 29 Jun, 2017

सम्राट सिंह/बझाङ । बझाङ जिल्लाको अति विकट गाउँपालिका काँडामा अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन । 

नेकपा एमालेका उम्मेदवार बिच कडा प्रतिश्पर्धा गर्दै काँग्रेसका अध्यक्षका उम्मेदवार राजेन्द्र बोहरा र उपाध्यक्षका उम्मेदवार कल्पना बोहरा विजयी भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख धु्रव बहादुर भण्डारीले बताए । 

काँडा गाउँपालिकामा नेकपा एमालेको अध्यक्षका उम्मेदवारको ३ सय ३६ मत र नेपाली काँग्रेसका उम्मेदवार ३ सय ९४ रहेको थियो ।

यसैगरी उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारको ३ सय २६ मत रहेको थियो भने  नेपाली काँग्रेसका उम्मेदवारको ३ सय ९४ मत ल्याएर विजयी भएको  जिल्ला प्रहरी कार्यालयका डियसपी नरेन्द्र चन्दले बताए । 

२ वटा नगरपालिका र १० वटा गाउँपालिका रहेको बझाङ जिल्लामा सबैभन्दा पहिले काँडा गाउँपालिकाको मतगणना सकिएको छ ।

जिल्लाका सम्पूर्ण मतदान केन्द्रमा सवार्धपूर्वक निर्वाचन सम्पन्न भएपनि जयपृथ्वी नगरपालिका वडा नम्बर ३ मा भने अशक्त नागरिकको मतदान गर्ने क्रममा विवाद हुँदा स्थगित गरिएको निर्वाचन भोली ७ बजेबाट शुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

जिल्लामा रहेका सम्पूर्ण मतदान केन्द्रमा मत गणना शुरु भएको र केही वडाहरुमा मत परिणाम समेत आइसकेको छ । सुर्मा गाउँपालिका वडा नम्बर १,काँडा २ र ३ मा नेपाली काँग्रेसको प्यानल, थली दुर्गा गाउँपालिका वडा नम्बर ६, मष्टा गाउँपालिका ६ र  थलारा गाउँपालिकामा  १ मा नेकपा माओवादी केन्द्र को प्यानल नै विजयी भएको छ । यसैगरी चिर बित्थड गाउँपालिका २,मष्टा गाउँपालिका १ र ७, थलारा गाउँपालिका ९ मा नेकपा एमालेले जीत हासिल गरेको छ । जिल्लाभरी अन्य वडाहरुमा मतगणना शुरु भएको छ भने बझाङ जिल्लामा ९७ हजार ६ सय ११ मतदाता रहेका छन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!