बझाङमा ८ स्थानिय तहमा एमाले र ४ मा काँग्रेस विजयी

Posted on: 02 Jul, 2017

सम्राट सिंह/असार १८, बझाङ । बझाङमा स्थानिय तहको दोस्रो चरणको निर्वाचनमा ८ स्थानिय तहमा नेकपा एमाले र ४  स्थानमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन । 

शनिवार राती जिल्लाका २ नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानमा मतगणना सकिदा  ८ मा एमाले र ४ गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका हुन ।  

काँग्रेसका तर्फबाट बुंगल नगरपालिकाको प्रमुखमा धनबहादुर बिष्टले ५ हजार २ सय ५९ मत ,काँडा गाउँपालिकाको प्रमुखमा राजेन्द्र धामीले ३ सय ९४ मत , खप्तड छान्ना गाउँपालिकाको प्रमुखमा बर्क रोकायाले २ हजार २ सय ७९ मत  र सुर्मा गाउँपालिकाको प्रमुखमा नर बहादुर बोहराले प्रमुखमा विजयी भएका छन । 

एमालेका तर्फबाट जयपृथ्वी नगरपालिकामा बिरेन्द्र खडकाले ३ हजार ४० मत, तल्कोट गाउँपालिकामा लाल बहादुर बिष्टले २ हजार ६४ मत, थली दुर्गा गाउँपालिका अध्यक्षमा प्रयाग राज जोशीले १५९० मत, मष्टा गाउँपालिकामा कर्ण बहादुर कठायतले २१ सय ४२ मत,थलारा गाउँपालिकाको भुवनेश्वर उपाध्यायले २७ सय ७८ मत, केदार स्यू गाउँपालिकामा इन्द्र भण्डारीले २ हजार ८ सय १५ मत, चिर बित्थड गाउँपालिकामा प्रेम बहादुर बोहराले ६ हजार ७ सय ११ मत र छविस पाथिभेरा गाउँपालिकाको प्रमुखमा अक्कल धामी  विजयी भएका हुन । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!