चैनपुर ताक्लाकोट सडक छिटो छरितो निर्माण गर्न पहल गर्छु: नेता ज्ञवाली

Posted on: 22 Jul, 2017

सम्राट सिंह | साउन ७, बझाङ | पूर्व पर्यटन मन्त्री तथा नेकपा एमालेका केन्द्रिय सचिव प्रदिप ज्ञवालीले सुदूरपश्चिमको विकासको मेरुदण्ड मानिने चैनपुर ताक्लाकोट सडक छिटो छरितो निर्माण गर्न पहल गर्ने बताएका छन ।

शुक्रबार प्रेस चौतारी नेपाल बझाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले कछुवा गतीमा निर्माण हुन थालेको चैनपुर ताक्लाकोट सडक छिटोछरितो निर्माण गर्न पहल गर्ने बताएका हुन । दोस्रो चरणको निर्वाचनमा नेकपा एमालेले बझाङका १२ स्थानिय तहमध्य ८ स्थानिय तह विजयी गरेपछि नेता ज्ञवाली जिल्लाका नेता तथा कार्यकर्तालाई बधाइ दिन बझाङ आएका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले समय अनुकुल संविधान संसोधन हुन सक्ने तर बिदेशीहरुलाई नागरिकता दिने , पहाड मधेसलाई टुक्र्याउने जस्ता राष्ट्रको हित विपरित संविधान संशोधनमा एमालेको समर्थन नहुने बताए ।

एमालेको निति राम्रो भएको, आन्तरिक एकता र बलियो संगठन भएकाले २०५४ साल देखि नेकपा एमालेले देशभरी राम्रो जनमत लिएको उनको भनाइ छ । असोज २ गते हुन थालेको तेस्रो चरणको निर्वाचनमा पनि नेकपा एमाले पहिलो स्थानमा विजयी हुने नेता ज्ञवालीले दाबी गरे । नेपाली काँग्रेस र माओवादी केन्द्रले २ सय ४० वटा निर्वाचन क्षेत्र राखेर राष्ट्रको स्रोत साधन दुरुपयोग गर्न खोजेको  र स्थानिय निकायमा देशभर नेकपा एमालेले विजयी गरेको हुँदा स्थानिय निकायलाई कमजोर पार्ने खालको निति बनाउन थालेको उनले आरोप लगाए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!