साझा पार्टी प्रदेश नं ७ मा पदाधिकारी चयन

Posted on: 21 Sep, 2017

असोज ५, कञ्चनपुर। विवेकशील साझा पार्टी प्रदेश नं ७ को आज बसेको बैठकले प्रदेश संगठनका पदाधिकारी चयन गरेको छ । 

पार्टीका प्रदेश संयोजक गोपाल हमालको अध्यक्षतामा बसेको बैठकले थप पदाधिकारी चयन गरेको हो । प्रदेश नं ७ सल्लाहकार समितिको संयोजकमा धनबहादुर शाह, सहसंयोजकमा दिनेशराज भण्डारी, कोषाध्यक्षमा जनकराज जोशी तथा सदस्य एवं प्रवक्तामा दानबहादुर रावललाई चयन गरेको छ । 

बैठकले सदस्य तथा सचिवालय संयोजकमा मोहनराज शर्मा, सदस्यमा हरिशप्रसाद भट्ट र रोहित चौधरीलाई चयन गरेको छ ।   रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!