बझाङमा बामगठबन्धनको आमसभा तालकोटमा सम्पन्न

Posted on: 02 Nov, 2017

कात्तिक १६, बझाङ | बामगठबन्धनको आमसभा तालकोटमा गाउँपालीकामा सम्पन्नभएको छ । प्रदेश सभा र प्रतिनिधि सभाको निवाचनलाई मध्यनजर गर्दै तलकोट गाउँपालीकामा आज आम सभा भएको हो ।

 आमसभामा मिनबहादुर सिहको अध्यक्षतामा सरुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथिमा नेकपा ,माओबादी केन्द्रका नेता तथा पोलिट व्यूरो सदस्य देव राज रेग्मी रहनु भएको थियो । 

जिल्लाको तलकोट गाउँपालीकामा आजभएको आम सभा कार्यक्रममा प्रतिनिधि सभाका उम्मेदावर भैरव बहादुर सिहं प्रदेश सभाका उम्मेदवार अर्जुन बहादुर थापा र पुर्व सभासद अफिलाल ओखेडा जनक बुढा नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष कलक खड्कालगाएत हजारौँ नेताकार्यकर्ताहरुको उल्लेखनिय उपस्थिति रहेको थियो।

 उक्त कार्यक्रममा बाझाङको विकास र समृदिका लागी तालकोट गाउँपालीका जनताहरुको हितका लागी बाम उम्मेदावरहरुलाई जिताउँनु अहिलेको आवस्यकताहो भन्दै नेताहरुले सभाबाटै जनता सिर्जनाका लागी आवाहान गरेका थिए । 

उक्त कार्यक्रमको संञ्चालन भिम बहादुर जेठाराले गर्नु भएको थियो भने स्वागत मंत्वव्य संगठन कमिटि सह संयोज कलक रोकायाले गनु भएको थियो ।

साथै कार्यक्रममा सास्कृतिक टोलीले जनबादी गित बाट जनतालाई  रमाईलो खुसि तुल्याएका थिए भनि  नेकपा एमाले निर्वाचन सुचना तथा संञ्चार उपसमितिका संयोजक गोकुलबहादुर सिहले बताउँनु भएको छ । - टेकेन्द्र बोहराको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!