चन्द समूहका बझाङ जिल्ला सदस्य पक्राउ

Posted on: 12 Oct, 2019

असोज २५, बझाङ | जिल्ला प्रहरी कार्यालय बझाङले नेत्र विक्रम चन्द समूहका जिल्ला सदस्य देवराज अवस्थीलाई पक्राउ गरेको छ । 

वित्थडचिर गाउँपालिका–९ सुनकुडा घर भएका ४० वर्षीय अवस्थीलाई चन्दा सङ्कलन गरिरहेको अवस्थामा प्रहरी चौकी स्याडीबाट खटिएको टोलीले असोज २४ गते पक्राउ गरेको हो ।

उनीहरुबाट नगद रसिद ठेलीसहित नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ईश्वरीदत्त पाण्डेले बताउनुभयो । अवस्थी अहिले प्रहरी हिरासतमा छन् । उहाँले स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि तथा विद्यालयका शिक्षकसँग समेत चन्दा माग्ने र नदिए धम्क्याउनेलगायतका काम गर्दै आएको जनप्रतिनिधिहरु बताउँछन् ।

रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!