बझाङका बिद्यार्थी यार्सागुम्वा टिप्न गएपछि भर्ना कार्यक्रम संगै बिद्यालय बन्द

Posted on: 02 May, 2017


मकरराज धामी/बैशाख १९, बझाङ । बिद्यार्थीहरु यार्सागुम्बा टिप्न लेक तिर लागे पछि बझाङका अधिकांस बिद्यालयहरु भर्ना कार्यक्रम सकिए संग असार मसान्त सम्मका लागी बन्द भएका हून् । 

देशब्यापी रुपमा विद्यार्थि भर्ना अभियान चलाइरहेकै बेला बझाङ जिल्लाका ५० भन्दा बढी बिद्यालय करिव तिन महिनाका लागी बन्द भएका छन् । जिल्लाको उत्तरी भेगमा पर्ने कांडा, तल्कोट, सूर्मा, छविस पाथेभेरी,मष्टा गाउपालिका लगायत बुङ्गल र जयपृथ्वी नगरपालिकाको उत्तरी भेगका बिद्यालयहरु बन्द भएका हुन । केहि बिद्यालयहरु जेठको पहिलो हप्ता सम्म मात्र खुल्ने भएका छन् ।

मुख्य आयस्रोतको माध्यमका रुपमा रहेको यार्सागुम्बा टिप्न ७÷८ बर्षका बालक देखि ७० बर्षका बृद्धहरु जोखिम मोलेर लेक तिर चढ्ने गरेका छन् । बिद्यालय बन्द भएपछि बिद्यार्थीहरु संगै स्थानिय शिक्षक शिक्षीकाहरु पनि यार्सागुम्बा टिप्न लेक तिर जान थालेका छन् । 

बैशाखको दोस्रो साताबाट सुरु गरी असारको मसान्त सम्म यार्सागुम्बा संकलन गर्ने हुनाले यस क्षेत्रका विद्यालयहरु ३ महिनाका लागी बन्द भएका कांडाका एक शिक्षक उज्वल बोहराले जानकारी दिनु भयो । यार्सागुम्बा टिप्नको लागी छिमेकि जिल्ला बाजुरा, बैतडि, हुम्ला, दार्चुला, डडेल्धुरा, कञ्चनपुर कैलाली लगायतका जिल्ला बाट मानिसहरु आउने गरेका छन् । 

खडेरीका कारण अघिल्लो बर्ष निकै घटेको यार्सागुम्बाको उत्पादन यस वर्ष भने चैतमै बर्षा सुरु हुन थालेको र लेकमा हिउ जम्मा भई रहेकाले उत्पादन बढ्ने अनुमान संकलकहरुले गरेका छन ।       

यस बिषयमा तपाइको प्रतिक्रिया...!