बझाङमा वालविवाहको अन्त्य गर्न सामाजिक चुनौती देखियो

Posted on: 02 May, 2017


मकरराज धामी/बैशाख १९, बझाङ । बझाङ जिल्लामा हुने वालविवाह अन्य गर्नमा सामाजिक चुनौती देखिएको छ । 

जिल्लाको साविकको देउलीकोट गा.वि.स र हालको बुङगल नगरपालिका वडा नं ९,१० र ११ मा किशोरी समुहहरुले वालविवाह अन्य गर्न विभिन्न कार्यक्रमहरु गर्देै आएका छन् । स्कुलमा किशोरकिशोरीहरु र तिनका अभिावकहरुलाई वालविवाह अन्य गर्नका लागी जनचेतनामुलक कार्यक्रमहरु गरे पनि सामाजिक हिसाबले अझै अन्य गर्नमा कठिन भएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । वालविवाह अन्यका लागी किशोरी समुहले २०७० साल देखि विभिन्न कार्यक्रम गर्दै आएको छ । 

वालविवाह हुन लागेको थाहा पाएमा तिनका अभिभावकलाई सम्झाउने, किशोरीहरुलाई सम्झाउने गरेका छन् । २०७३ साल मंसिरमा पहिलो पटक हुनै लागेको वालविवाह प्रसासनको मातहतमा किशोरीहरुले रोकेका थिए भने हाल सम्म विहेको तयारीमा रहेका आठ ओटा विवाह रोक्न सफल भएका छन् । 

तर अझै पनि वालविवाह अत्य गर्नमा सामाजिक चुनौति निकै रहेको किशोरी संजालकि अध्यक्ष रमिता सिंहले बताउनु भयो । सबै जतिले अझै पनि हाम्रो अभियान लाई साथ दिएका छैनन् तर हामी वालविवाह हुन लागेको थाहा पाएमा रोक्ने प्रयासमा हुनेछौ सिंहले भन्नुभयो । 

तपाईकि छोरी त बुढि कन्या भई हालि अब न आफु विहे गर्छे न त हाम्रा छोराछोरीको विहे हुन दिन्छिन एक पल्ट छोरीलाई सम्झाउनु प¥यो भनेर आफ्नै बाबुआमाका अगाडि भन्नेगरेको समाजका केहि व्यक्तिहरुले आफुहरुलाई विभिन्न आरोप लगाउने गरेको एक किसोरी जानकी जोशीले बताउनु भयो । 

विवाह पछि विहान सवेरै देखि साझ अबेर सम्म घरको काम गर्नु पर्छ पढाईका लागी समय हुदैन आफुले भने जस्तो काम गर्न पनि सकिदैन त्यसैले उमेरै नपुगि विहे नर्गनु भनेर वालविवाह गरेका जोडिहरुले सम्झाउने गरेकोे एक किशोरी सरिता साउदले बताईन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!