बझाङमा बौलाह स्यालको आतङक, २० जना घाइते

Posted on: 21 Jul, 2017

सम्राट सिंह/साउन ६, बझाङ । जिल्लाको जयपृथ्वी नगरपालिका ४ गोलाई मा स्यालले टोक्दा २० जना घाइते भएका छन । 

जयपृथ्वी नगरपालिका ४ गोलाइका स्थानिय कवि खत्री,कवि बिष्ट ,गगन खाती, राजु पाध्या,शिखर खाती बिरेन्द्र शाहि,सुर्य थापा ,शुसिल खाती,कविन्द्र जोशी लगायत २० जना बौलाह स्यालले टोक्दा घाइते भएका हुन ।

बेलुका सदरमुकाम चैनपुरबाट घर जाने क्रममा दैनिक ५ देखि ७ जनालाई बौलाह स्यालले टोक्ने गरेको स्थानिय सुर्य थापाले बताए ।

दैनिक ५ देखि ७ जना सम्म बौलाह स्यालले टोकी घाइते बनाएका मानिसहरुको उपचार गर्नु परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!